लक्षित वर्गहरूलाई केन्द्रित गरेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष थापा
२२ असाेज, काठमाडाैँ । शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो।
गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो।
यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ।
यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ।
गण्डकी प्रदेश गाेरखा जिल्लामा अवस्थित शहिद लखन गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष सकुन थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
शहिद लखन गाउँपालिका वडा नं. २ मा पालिकाबाट जम्मा बजेट ५० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष सकुन थापाले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सकुन थापा ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।
वडा अध्यक्ष थापाले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेकाे र कृषि औजारहरू वितरण गर्ने याेजनामा रहेकाे छ ।”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
त्यसै गरी महिला तथा युवाहरूलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरूकाे व्यवस्था गरेकाे वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयाे ।
वडा अध्यक्ष सकुन थापाले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।