Share Icon

♠ध्रुब कार्की 
११ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान २०७२ बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी गाउँपालिका गठन गरिएकोे हो ।

गजुरी गाउँपालिकालाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो ।

साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउँपालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो ।

गजुरी गाउँपालिका स्थित ७ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बद्रि प्रसाद जम्कटेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष जम्कटेलले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामिले पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष जम्कटेलले बताउनुभयो ।

वडा अध्यक्ष जम्कटेलले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खानेपानीलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा केही टोलमा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै टोलका एकसय असी घरधुरीमा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष जम्कटेलले बताउनुभयो ।

त्यसैगरी उहाँले वडामा रहेका सडकहरुलाई अध्ययन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै लप्से साङकोस चिउरीभञ्ज्याङ भदौरे भालुखोप सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष जम्कटेलले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि शिक्षासँगै समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो कार्यकाल भित्र वडामा रहेकाे मिलनटार पर्खाले मजुवा थुम्कीचौतारा साविक किराञ्चोकको मुख्य सडक कम्तीमा ५ देखि ७ कि.मि कालोपत्रे गर्ने र घटेराडाँडादेखि ७ नं. वडा कार्यालय सम्म पक्कि गर्ने मुख्य लक्ष्य रहेकाे बताउनुभयाे ।

वडा अध्यक्ष जम्कटेल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र वडाकाे पुर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार लगाएत खानेपानीमा जोड दिदैँ आफ्नो  वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अरु वडा भन्दा विकसीत र सुन्दर समृद्धि वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon