राजापुर वडा नम्बर ४ मा पाँच दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम सम्पन्न
काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ४ मा पाँच दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत बाख्रा पालन सम्वन्धी सीप विकास तालिम सम्पन्न भएको हो । राजापुर नगरपालिकाको आयोजनामा तालिम सञ्चालन भएकाे वडा अध्यक्ष विदुर पाेखरेलले बताउनु भयाे । नगरपालिकाले वडासंग सहकार्य गर्दै विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आइरहेको तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले जानकारी दिनुभयाे । उहाँले तालिम निकै फलदायी रहेकाे विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय सीपमुलक तालिममा स्थानीयतहहरु समेत सक्रिय बन्दै गएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…
