Share Icon

१० बैशाख, काठमाडाैं । राजापुर नगरपालिकाले खेलाडीहरुलाई पाेसाक वितरण गरेकाे छ । नगरपालिकाका नगर प्रमुख आदरणीय दिपेश थारुले खेलाडीहरुलाई ९५ वटा खेल पोसाक वितरण गर्नुभएकाे हाे ।

पोसाक हस्तान्तरण गर्दै नगर प्रमुख थारुले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउँदै नगरपालिकाले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएर काम गर्ने बताउनुभयाे ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुन मगरको उपस्थितिमा नगर प्रमुख थारुले खेल पोसाक हस्तान्तरण गर्नुभएको हाे।

साथै नगरप्रमुख थारुले प्रदेश खेलकुदका लागि लुम्बिनी प्रदेश जाँदै गरेका सम्पुर्ण खेलाडीहरुलाई जितको अग्रिम शुभकामना पनि दिनुभयाे ।

Facebook Comments Box

Share Icon