५० जना आमाहरुलाई सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग
१० बैशाख ,काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपलिका वडा नम्बर ३ काे बिजयनगरमा फिल्टरलगायत सरसफाईका सामाग्रीहरु वितरण गरिएकाे छ ।
ओखरबाेट र मान्द्रेचौरका सुनौलो हजार दिनको आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग समेत गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभभयाे ।
उहाँले भन्नुभयाे,’बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे हाे।’
करिब ५० जना सुनौलो हजार दिनका आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे उहाँले बताउनुभयाे ।
उहाँले मान्द्रेचौर र ओखरबोटका दुइ विद्यालय र स्वास्थ्य स्वयंसेबिकालाइ पनि सो सुविधा प्रदान गरिएको बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’कार्यक्रमका लागि जाँदै गर्दा स्वास्थ्य स्वयंसेबिका, स्थानीय जनता, विद्यालय परिवार र सुनौलो हजार दिन अन्तरगतका आमाहरुले गर्नुभएको माया र स्वागत प्रति बिशेष आभारी छु।’