‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ
बैशाख,काठमाडाैं । संघीयतामा स्थानीय तह निकै प्रभावकारी बनेको छ । स्थानीय सरकारलाई अझै बढि अधिकार दिनपर्छ भन्ने आवाजहरु पनि आएका छन् । केही वडाहरुले भने संघीयताको मर्म र भावना अनुसार काम गर्न सकिरहेका छैनन् ।
अबको पाँच वर्षे कार्यकालका लागि जनताले स्थानीय जनप्रतिनिधि चयन गरेका छन्। केही जनप्रतिनिधिहरुले भटाभट निर्णय तथा काम गरिरहेका छन् । केही वडाहरुले राम्रा योजनाहरु अगाडि सारेर केही काम सकिसकेका केही वडा काम गर्ने चरणमा छन्।
बागमती प्रदेश काठमाडौँ जिल्लामा अवस्थित काठमाडौँ महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दास्रो पटक अध्यक्ष पदमा निर्वाचीत वडा अध्यक्ष हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिकामा वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन्।
यसअघिको कार्यकालमा भएको विकासका कारण जनताले यसपालि पनि श्रेष्ठलाई जिताएका हुन्। पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ।
उहाले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।
उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।
उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।
उहाँले थप्दै भन्रुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो।’
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो। जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु केही भन्नु छ ?
मैले पाँच वर्ष वडा नम्बर २ को समस्या समाधान गर्न पहल गरेँ । अबको पाँच वर्ष पनि यहाँको समस्या समाधान गर्न लागि पर्ने छु । हामी सबै अवरोध भएको बाटो खुलाउँदै छौं । वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन। वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।