Share Icon

♠ हस्ता विष्ट
३० फागुन, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ” म्याग्दे ”कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन ।

जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ” म्याग्दे” ।

नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित म्याग्दे गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टुक राज अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

म्याग्दे गाउँपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष टुक राज अधिकारी ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष क्षेत्री अहोरात्र खटिरहनुभएको छ ।

म्याग्दे गाउँपालिका वडा नं. ३ मा पालिकाबाट जम्मा बजेट ५७ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष टुक राज अधिकारीले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता दिए साथसाथै बाटो ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने काम भईरहेको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा मध्नजर गर्दै विभिन्न कृषिजन्य तरकारीहरुको विउँ विजन वितरण गरेको र कृषि औजारहरु वितरण गरको वडा अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयको भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको छ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्र सामान्य आधारभुत स्वास्थ्य सेवाहरु उपलब्ध गराईरहेको र ठुला ठुला विरामीहरुको उपचार पालिकाले टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गराईरहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र सञ्चालन बैशाख पछि मात्र गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यसै गरी युवाहरुको विभिन्न वडास्तरीय खेलकुदहरुको व्यवस्था गरेको उहाँको भनाई छ ।

त्यसै गरी यस वडामा पालिकद्वारा चिस्यान केन्द्र कोल्ड स्टोरको स्थापना भईरहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon