Share Icon

♥हस्ता विष्ट
३० फागुन, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा .वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ” म्याग्दे ” कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन ।

जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ” म्याग्दे ” ।

नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित म्याग्दे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष हिरा लाल गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

म्याग्दे गाउँपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हिरा लाल गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

म्याग्दे गाउँपालिका वडा नं. ६ मा पालिकाबाट जम्मा बजेट ७८ लाख, ६५ लाख प्रदेशबाट बजेट विनियोजन गरिएको वडा अध्यक्ष हिरा लाल गुरुङले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” आफुले पाउने पारिश्रमिक नलिने घोषणा गरेर साथसाथै सामाजिक काममा लगानी गरेको र वडा कार्यालयमा एक जना कर्मचारीलाई तलव दिईरहेको छु । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । ”

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

वडा अध्यक्ष गुरुङ अध्यक्ष पदमा निर्वाचित हुनुभन्दा पहिले भारतीय सेनाबाट देशको सेवा गरेर अवकास भईसकेपछि होटेल व्यवसायमा आबद्ध भएसंसगै वडाको कार्यभार समाल्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै बारै महिना गाडि मोटर चल्ने बाटो बनाउनको लागि वडामा रहेका साना तिना बाटोहरुको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, नाली बनाउने कामहरुलाई जोड दिएका छौ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको भौतिक संरचना निमार्ण गर्न वडाबाट वजेट विनियोजन गएिको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र स्वास्थ्यक्रमीहरु टोल टोलमा गएर स्वास्थ्य जनगणना गरिरहेका छौ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्नको लागि कृषकलाई मध्यनजर गर्दै वडाबाट बजेट विनियोजन गरिएको र कृषि सम्बन्धी के गर्ने भनेर अन्तिम निचोडमा पुगि नसकेको उहाँले बताउनुभयो ।

महिला, दलित र लक्षित वर्गहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक कार्यक्रमहरुको व्यवस्था गरेको र अहिले विभिन्न कारणले सञ्चालन गर्न नसकिएको र बैशाख पछि मात्र सञ्चालन गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा निमार्ण गर्ने उद्देश्यले वडामा अहोरात्र खटिरहनुभएको अध्यक्ष गुरुङ । युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि बजेट विनियोजन गरेको उहाँले बताउभयो ।

उहाँले भन्नुभयो, ” सुर्य नेपाल संस्थासंग समन्वय गरेर २६० मिटर बाटो कालोपत्रेकोे काम सम्पन्न भएको छ । ”

उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon