गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न
काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ का योजना छनौट गर्नका लागि बर्दियाकाे गुलरिया नगरपालिकाका वडाहरूमा वडा भेला भइरहेका छन् । साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर ९ मा वडा भेला सम्पन्न भएकाे छ । वडा अध्यक्ष हरि प्रसाद पासवानकाे अध्यक्षता सम्पन्न भएकाे वडा भेला वडा सचिव केशव ज्ञवालीले सञ्चालन गर्नु भएकाे थियाे । वडा अध्यक्ष पासवानले टाेलस्तरबाट छनाेट भई आएका आवश्यक याेजना तथा कार्यक्रमलाई प्राथमिकताकाे आधारमा छनाेट गरी नगरसभामा पेश गर्ने जानकारी दिनुभयाे । वडा सदस्य बिनिता देवकाेटाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर याेजना तथा कार्यक्रम छनाेट गरिएकाे बताउनु भयाे । वडा भित्रका विभिन्न टोल बस्ती तथा समुदायमा अति…
