Share Icon

काठमाडाैं । गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवान विकास प्रेमी नेताका रुपमा परिचित छन् । युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष पासवान वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण छन् ।

वडा अध्यक्ष पासवानको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेका छन् । वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष पासवान वडामा विकास प्रेमी नेताकारुपमा परिचित छन् ।

आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उनले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न पाउँछ ।

साेही क्रममा उहाँले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि एक वर्षमा गरेको विकासको कामका जानकारी गराउनु भएकाे छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट दाेस्राे कार्यकालकाे लागि पासवान वडा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम भएकाे छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

वडामा विजुली विस्तार गरिएकाे वडा अध्यक्ष पासवानले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,’विशेष गरेर वडामा कृषकहरूकाे माग बमाेजिम एक सय वटा विद्युतकाे पाेल विस्तार गरिएकाे छ।’

साथै उहाँले कृषिलाई लक्षित गरेर किसानहरूलाई सिचाईकाे लागि माेटर वितरण गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘४० जना किसानलाई सिचाईकाे लागि माेटर वितरण गरिएकाे छ।’

त्यस्तै वडा अध्यक्ष पासवानले वडामा याे एक वर्षमा बाटाे निर्माणमा १५ लाख रूपैयाँ खर्चिएकाे जानकारी दिनुभयाे । त्यसैगरी आयआर्जन सम्बन्धी दलित, विपन्न र गरिब परिवारलाई बाख्राका पाठा वितरण गरिएकाे बताउनु भयाे । उहाँले भन्रुभयाे,’ आयआर्जन सम्बन्धी कार्यक्रममार्फत ६० घर परिवार लाई बाख्राका पाठा वितरण गरिएकाे हाे।’

त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि याे एक वर्षमा विशेष प्राथमिकता दिइएकाे वडा अध्यक्ष पासवाले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,’स्वास्थ्यलाई प्राथमिकतामा राखेर याे वर्ष एउटा शिविर सञ्चालन गरिएकाे थियाे।’

त्यसैगरी बालविवाह सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे,’मधेसी समुदायलाई लक्षित गरेर अभिभावक र बालबालिकालाई राखेर सचेतनामुलक कार्यक्रम गरिएकाे थियाे, जसमा १ सय १८ जना बालबालिका सहभागि भएका थिए।’

वडा सदस्य बिनिता देवकाेटाले प्रदेश सरकारबाट पूर्व सांसद तिलक शर्माकाे पहलमा वडामा २१ वटा आवास निर्माण भएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’आवास निर्माणले गरिब तथा विपन्न परिवारलाई राहत मिलेकाे छ।’

उहाँले वडामा भूमिहीन दलित, भूमि सुकुम्बासी र अव्यवस्थित बसोबासकाे समस्या जटिल रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’वडामा भूमिहीन दलित, भूमि सुकुम्बासी र अव्यवस्थित बसोबासकाे समस्या जटिल भएकाेले सरकारले यसकाे समाधान छिटाेछरिताे रूपमा गर्न ठाेस कदम चाल्न आवश्यक छ।’ त्यसैगरी खुला सिमानकाे कारण यहाँ सीमाकाे समस्या पटक पटक बल्झिने गरेकाे बताउनु भयाे ।

पछिल्लो एक वर्षमा नदी कटानबाट प्रभावित क्षेत्रहरुमा धार परिवर्तन र तटबन्धनको कार्य जारी, ज्येष्ठ नागरिक र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्तालाई आफ्नै वडाको वडा कार्यालय र टोलहरुबाट उपलब्ध गराउने गरी व्यवस्थापन गरिएकाे वडा अध्यक्ष पासवानले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon