Share Icon

♠ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित धुनिबेशी नगरपालिका वडा नं. २ का लक्षजित तामाङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय धुनिबेशी नगरपालिका स्थित २ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ वडमा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।”

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य र सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडक तथा खोलानालालाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई ग्राबेल तथा ढलान सँगै पुलहरू निर्माण गर्ने कामहरु गरीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानीको कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले वडाबासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाको टोल टोलमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयहरुमा नयाँ शिक्षकहरुको व्यवस्थापन गर्दै गुणस्तर शिक्षाको लागि हामी पहल गरीरहेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा सुन्तलालाई पकेट क्षेत्र बनाउने र किसानहरुलाई तरकारी खेतीको लागि टनेलहरूको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई सिपमुलक कार्यक्रम अन्तर्गत सिलाई बुनाई लगाएत धुप तथा साबुन बनाउने तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँ अघिल्लो कार्यकालमा वडाको सदस्यमा पदमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका सडकहरुलाई व्यवस्थापन गर्दै वडाबासीहरुको समस्यालाई सामाधानका साथै वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई सुन्दर समृद्धि वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon