जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

Share Icon

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।

वडाध्यक्ष हुँदा मात्र होइन वडाध्यक्ष हुनुपूर्व अनि उनी स्थानीयको समस्या लिएर गुलरिया तथा अन्य ठाउमा समेत पुगिरहन्थे। त्यसैको फल अहिले उनी वडाध्यक्ष बन्न पुगेको बताउँछन्। सानै उमेरबाट राजनीतिमा सक्रिय विष्णु पढ्दै राजनीतिमा पनि सक्रिय बन्दै आएका थिए।

जननिर्वाचित नहुँदै पनि उनी जसरी स्थानीयको काममा खटिन्थे जननिर्वाचित भएपछि अहिले झन् उनी बिहानदेखि साँझसम्म स्थानीयकै काममा खटिने गरेका छन्।

शिक्षा स्वास्थ्य र कृषिमा समेत उनले आफ्नो विवेक प्रयोग गरेर काम गर्ने गरेका छन्। आफ्नो वडामा कोही बिरामी हुँदा होस् या अन्य कुरामा उनी सहयोग गर्न पुगिहाल्छन्। बिदाको दिन पनि जनताको कममा निरन्तर पुग्ने गर्छन । बेलाबेलामा लुम्बिनी प्रदेश सरकारबाट लाखौ रुपैया बजेट ल्याउन सफल भएको देखिन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.