Share Icon

३ कात्तिक, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पुर्व जिल्लामा अवस्थित एक नगरपालिका हो ।

नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ।

१७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित कावासाेती नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष यम बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

कावासाेती नगरपालिका वडा नं.६ मा पालिकाबाट ७० लाख,नगरस्तरीय बजेट १ कराेड ५० लाख र प्रदेशबाट १ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम बहादुर थापा ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, तटबन्धन, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र नाली बाटाे बनाउने  योजनामा छ ।” वडाकाे सम्पुर्ण घरमा खानेपानीकाे धारा सम्पन्न गरेकाे उहाँकाे दाबी छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको दाबी छ ।

उहाँ भन्नुभयाे, ” याे वडामा जंगलकाे क्षेत्र धेरै भएकाेले कम्पाउन्ड बारकाे लागि तटबन्धन गर्ने कामलाइ पहिलाे प्राथमिकता दिएकाे छ ।

साथै स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्यको भवनको निमार्ण कार्य भइरहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो । त्यसै गरी युवाहरूलाइ लक्षित गर्दै वडा स्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषिलाइ व्यवसायमय बनाउनको लागि कृषि अ‍ौजारहरू वितरण गरेको विउँ विजनहरू अनुदानमा वितरण गर्ने र कृषि विज्ञानबाट विभिन्न तालिमहरू सञ्चालन गर्ने योजना रहेको छ ।”

त्यसै गरी महिलाहरूलाइ लक्षित गर्दै विभिन्न सिपमुलकहरू तालिमहरूको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । युवाहरूलाइ वडास्तरीय खेलकुदकाे लागि र जनचेतनामुलक कार्यक्रमहरू राखेकाे उहाँकाे भनाइ छ ।

वडा अध्यक्ष यम बहादुर थापाले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।” त्यसै गरी दशै तिहारलाइ लक्षित गर्दै सामुहिक रूपमा सरसफाइको अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon