सडक र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष थापा

Share Icon

८ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो ।

मेलुङ गाउँपालिका साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी सहित गा.वि.सहरु समाहित गरि निर्माण भएको छ ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा ललित बहादुर थापा मगर मेलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकास निर्माणका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा विशेष प्राथमिकता सडक र स्वास्थ्यलाई दिदैँ विकास योजनाहरुका कामहरु तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा विशेष प्राथमिकता सडक र स्वास्थ्यलाई दिएसँगै सडकको क्षेत्रमा सडकहरु निर्माणसँगै मर्मत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्य भवन निर्माण हुने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

उहाँले निर्वाचित पश्चात वडामा विकास योजनाका कामहरु सिचाई अन्तगर्त थोपा सिचाईका तिन ओटा कामहरु सम्पन्न गरे सँगै खानेपानीको काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युवा तथा महिलाहरु लगाएत लक्षित वर्गहरुको लागि वडामा विभिन्न कार्यक्रमहरु ल्याएका छौँ ।”

त्यसैगरी उहाँले वडामा रहेका अशक्त तथा अपाङ्खहरुलाई प्रोत्साहन गर्न सम्बन्धीत कार्यक्रमहरु सम्पन्न गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रलाई जोड दिदैँ शिक्षालाई गुणस्तर बनाउन विद्यालयका शिक्षक लगाएत विद्यार्थी र अभिभावकहरु सँग बसेर शिक्षा सम्बन्धी तिन ओटा कार्यक्रम सम्पन्न गरेका छौँ ।

उहाँले वडामा कृषि क्षेत्रकोलागी आलु र सुन्तला खेतीलाई अझ प्रभावकारी बनाउन वडामा छलफल भइरहेको बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष थापा भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.