वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा
२७ माघ, काठमाडाैं । बढैयाताल गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ । यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ । साविक सोरहवा गाँउ विकास समिति को वडा नं. ३, ४ र ५ वडा मिलाएर बनाएको छ। यस वडाका जनप्रतिनिधि नरे थापा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । यस वडा को कुल जनसंख्या ५४९३ र क्षेत्रफल ९.४ बर्ग कि. मि रहेको छ। वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा कृषीमा आबद्ध रहनुभएका थापा वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको…
