वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

Share Icon

२७ माघ, काठमाडाैं ।  बढैयाताल गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ । यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ ।

 साविक सोरहवा गाँउ विकास समिति को वडा नं. ३, ४ र ५ वडा मिलाएर बनाएको छ। यस वडाका जनप्रतिनिधि नरे थापा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । यस वडा को कुल जनसंख्या ५४९३ र क्षेत्रफल ९.४ बर्ग कि. मि रहेको छ।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा कृषीमा आबद्ध रहनुभएका थापा वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

शिक्षा, स्वास्थ्य र खानेपानीलाई बिशेष महत्व दिएर काम अगाडि बढाई रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

हाम्रो वडामा अति विपन्न समुदायको बस्ति रहेकोे साथै स-साना समस्याहरु लिएर वडामा वडाबासी आउने गरेको उल्लेख गर्दै अाफु सदैव वडाबासीका समस्या समाधान गर्न निरन्तर लागी रहेको वडा अध्यक्ष थापाले उल्लेख गर्नुभयोे।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ४ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा नरे थापाले बताउनुभयो।

४ नम्बर वडाका अधिकांश बस्तीमा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई पुगाउने योजना रहेको बताउदैें जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष थापाले बताउनुभयो।

 थापाले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ । खानेपानी, सडक तथा विद्युत मुख्य समस्या रहेको पनि रहेको मेरो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष थापाले वताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष अन्तर आत्मा देखि नैै धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.