समग्र वडाको विकास गर्दै अध्यक्ष घिमिरे
♠ हस्ता विष्ट २८ फागुन, काठमाडाैँ । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९।२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । भानु नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार…
