समग्र वडाको विकास गर्दै अध्यक्ष घिमिरे
♠ हस्ता विष्ट
२८ फागुन, काठमाडाैँ । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९।२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
भानु नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष घिमिरे अहोरात्र खटिरहनुभएको छ ।
भानु नगरपालिका वडा नं. ८ मा पालिकाबाट जम्मा बजेट १ करोड १६ लाख विनियोजन गरिएको वडा सचिव विष्णु बहादुर मास्कीले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष घिमिरे भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष घिमिरेले बताउनुभयोे ।
वडा अध्यक्ष घिमिरेले भन्नुभयो, वडामा सडकलाई पहिलो प्राथमिकता दिए साथसाथै सबै भन्दा धेरै बजेट विनियोजन गरेर बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने, नयाँ बाटोको ट्रयाक खोल्ने, नालि बाटो बनाउने काम भईरहेको छ ।
त्यसै गरी कृषिको क्षेत्रमा कृषिमा आधुनिकीकरण ल्याउनको लागि कृषि औजारहरु वितरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यसै गरी शिक्षाको क्षेत्रमा सबै पालिकाले नै हेर्ने वडा अध्यक्ष घिमिले दिनुभयो ।
उहाँले भन्नुभयो, वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको, आमा समुहको भवन निमार्ण गर्ने योजनामा रहेको उहाँको भनाई छ ।
त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको व्यवस्था गरेको वडा अध्यक्ष घिमिरेको भनाई छ ।
उहाँले भन्नुभयो, वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ ।
उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







