समृद्ध वडा बनाउनको लागि अहोरात्र खटिरहेका छौं, : अध्यक्ष श्रेष्ठ
हस्ता विष्ट
१७ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा राम बहादुर श्रेष्ठ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
उहाँले भन्नुभयो, ” मध्यनेपाल नगरपालिका वडा नं. ४ मा यस पटकको जम्मा बजेट भनेको १० लाख मात्र विनियोजन भएको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा रहेको बाटोलाई स्तरउन्नति गर्दै सडकको ट्रयाक खोल्ने र कुनै ठाउँमा ग्राभेल गर्ने कामहरु भईरहेको छ । ” त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि वडाबाट विशेष जोड दिएका छौ ।
वडा अध्यक्ष राम बहादुर श्रेष्ठले भन्नुभयो, ” यस पटक यो वडामा बजेट कम परेकोले चाहे जस्तो काम गर्न नसकिएको र आउदो नयाँ बजेट राम्रो आउला नि भन्ने अपेक्षाका साथ स्रोत साधनले भ्याएसम्म सगम्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँको भनाई छ । ”
त्यसै गरी वडामा कृषि तथा भेटनरीको लागि विभिन्न संघसस्थासंग समन्वय गरेर ५० प्रतिशत अनुदानमा पशु विज्ञान र कृषि सहकारी मार्फत काम गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी वडामा बाटो क्षेत्रमा लमजुङ देखि तनहु जोड्ने बाटोलाई लमजुङ हुने ठाउँमा मिस्टेकले नवलपुर भएपछि संशोधन गर्न निकै पहल गरेता पनि संशोधन गर्न नसकिएकोले अहिले वडामा काम गर्न निकै कठिनाई भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







