सरसफाइ सामग्री सहित वडा अध्यक्ष श्रेष्ठ क्याम्पसमा

Share Icon

१७ फागुन, काठमाडाैं।  गोरखाको आरुघाट गाउँपालिकाको १ मात्रै क्याम्पस भिमोदय बुहुमुखि क्याम्पसमा बृहत् सरसफाइ तथा व्याडमिन्टन कोर्ट निर्माण गरिएको छ ।

वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, भिमोदय बहुमुखी क्याम्पसका प्रमुख डा. बिरेन्द्र पुडासैनी तथा अनेरास्ववियु केन्द्रीय सदस्य प्रमिला खड्का सहित उल्लेख्य बिधार्थिहरुको सहभागितामा सरसफाइ तथा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको थियो ।

विद्यार्थिहरुको पढाईमा लगनशीलता संगै स्वास्थ्य तथा खेलकुदको पनि उतिकै महत्त्वपूर्ण भुमिका रहने बताउंदै वडा अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रमहरुलाई आगामि दिनहरुमा निरन्तरता दिईने बताउनुभयो ।

वडा अध्यक्ष विद्यार्थिहरु सहित सरसफाइ तथा ब्याडमिन्टन कोर्ट निर्माण गर्न आफैं पुगेपछि क्याम्पस प्रमुख डा.पुडासैनीले यस्तै लगाव सबै जनप्रतिनिधि हरुमा हुनुपर्ने बताउनुभयो ।

कोभिड महामारि, डेंगु लगायत अन्य घातक रोगहरुबाट बच्न विद्यार्थिहरु सहित समुदायलाई पनि सचेतना मुलक जागरण अभियान गराउन आरुघाट गाउँपालिकाको सबै विद्यालयमा यो अभियान चलाईने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.