तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष तामाङ
२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. ७ का बिनोद तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर भीमेश्वर नगरपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. ७ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
