चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छाैं : वडा अध्यक्ष कडायत
१४ बैशाख ,काठमाडाैं । मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष तिलक बहादुर कडायत। वडा नम्बर ६ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ । वडा अध्यक्ष कडायतले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि,सडक, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’ १०० प्रतिशत यो आर्थिक वर्षका सबै काम गरेर सकेको वडा अध्यक्ष कडायतले बताउनुभयो । उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो…
