चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छाैं : वडा अध्यक्ष कडायत

Share Icon

१४ बैशाख ,काठमाडाैं ।   मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष तिलक बहादुर कडायत।

वडा नम्बर ६ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ । वडा अध्यक्ष कडायतले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि,सडक, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’

१०० प्रतिशत यो आर्थिक वर्षका सबै काम गरेर सकेको वडा अध्यक्ष कडायतले बताउनुभयो । उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले समाज सेवामा आवद्ध रहनुभएका कडायत निरन्तर रुपमा वडालाई विकास निर्माणमा जोडन लागी रहनुभएको छ।

त्यसैगरी मेल्लेख गाउँपालिकामा सबैभन्दा बढि कार्यसम्पादनको हिसाबले हेर्दा पहिलो वडा भएको भनेर वडा अध्यक्ष कडायतले दाबी गर्नुभयो।

वडा अध्यक्ष कडायतले थप्दै भन्नुभयो, ‘सिमित बजेटमा रहेर वडाका असिमित समस्या समाधान गर्न हामी निरन्तर रुपमा लागी रहेका छौ ‘। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ६ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.