चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ । सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको हो । गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको सिआईबीले जानकारी दिएको छ…
