उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् ।
जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार टेलिफोन संवादमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भयो । साथै, दुई मुलुकलाई साझा रुपमा फाइदा हुने विषयमा सहकार्य गर्दै अघि बढाउने बारेमा कुराकानी भएको थियो ।
नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री @nksthaprakash बाट बधाई कल पाउँदा अत्यन्तै खुशी लागेको छ ।
वहाँको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो गहिरो मित्रतालाई अघि बढाउन वहाँसँग काम गर्न तत्पर छु ।
???????? ????????@MEAIndia https://t.co/rwAcIwFkN1
— IndiaInNepal (@IndiaInNepal) June 12, 2024