सडक र शिक्षालाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै अध्यक्ष मगर
७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला फिक्कल गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा मोहन मगर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको उहाँले बताउनुभयाे । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो । पहिला गाउँपालिकाबाट मात्र हुने दैनिकी सेवा सुविधाहरुलाई अहिले वडाबाटै इन्टरनेट प्रणाली मार्फत सेवाग्राहीहरुलाई…
