वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष पाण्डे
♠ध्रुब कार्की १७ फागुन, काठमाडौँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा स्थित बेलकोटगढी नगरपालिका साविको दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर गा.वि.स. हरु (१–६ र ९) समेतलाई समावेश गरी निर्माण भएको छ । ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । बेलकोटगढी नगरपालिका स्थित ११ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा प्रकाश जङ्ग पाण्डे निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ…
