स्रोत साधनले भ्याएसम्म समग्र वडाकाे विकास गर्ने अध्यक्ष कार्की
१३ चैत्र, काठमाडाैं । नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं.४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो। हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ। यस नगरपालिकामा वडा नम्बर ४ का जनप्रतिनिधि रेशम बहादुर कार्की प्युठान नगरपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा…
