स्रोत साधनले भ्याएसम्म समग्र वडाकाे विकास गर्ने अध्यक्ष कार्की
१३ चैत्र, काठमाडाैं । नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं.४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो। हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ।
यस नगरपालिकामा वडा नम्बर ४ का जनप्रतिनिधि रेशम बहादुर कार्की प्युठान नगरपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा प्युठान नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल रेशम बहादुर कार्की वडा अध्यक्ष हुनुहन्छ।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष रेशम बहादुर कार्कीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
४ नम्बर वडामा खानेपानी स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष रेशम बहादुर कार्कीले बताउनुभयो।
वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा कृषिमा आबद्ध रहनुभएका कार्की वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष कार्कीले वताउनुभयो।
“वडामा धेरै समस्या रहेको एक घर एक धारा छैन, विधुतको समस्या छ । सबै बस्तिमा बाटो पुगेको छैन । हामी हाम्रो कार्यकालमा सबै समस्या समाधान गर्न लागी रहेका छौ अहिले खानेपानीलाई महत्वमा राखेर काम गर्दै छौ ।” वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ४ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो।
नजिकको सरकार भएको हुनाले हामी सदैव जवफदेहिता हुन पर्ने पहुचका आधारमा बजेटको विभाजन भएका कारणले पनि काम गर्न जोस जागरमात्र भएर नहुने हुनाले सरकार सिस्टममा चल्न सकेको छैन । नियम कानुन छैन ।
पहुजका आधारमा बजेट बिनियाेजन गरिनेहनाले वडाकाे विकास गर्छु भनेर मात्र हुदैन । बजेटको अभावमा जनताले चाहेको जस्तो काम गर्न नसकेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ वडामा पहिलो प्रथमिकता खानेपानिलाई दिएर अन्य स्वास्थ्य,शिक्षा, सडक , खानेपानी आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
निर्वाचित वडाका जनप्रतिनिधि संगै वडाका कर्मचारीकाे तस्बिर ……………








