Share Icon

♠ हस्ता विष्ट
१३ चैत्र, काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ ।

यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९भरतपुर महानगरपालिका०, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा।वि।स। समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।

गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९।९३ बर्ग कि।मि। क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैँडाकोट नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मधुकर मल्ल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. १३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मधुकर मल्ल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष मल्ल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष मल्ल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

मधुकर मल्ल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले २०४९ मा वडा अध्यक्षमा देउती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्जको बफरजन क्षेत्रको अध्यक्ष मा आबद्ध भएर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १३ मा नगरबाट ७० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष मधुकर मल्लले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मल्लले बताउनुभयोे ।

वडा अध्यक्ष मल्लले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता ढल निकासालाई दिए साथसाथै नालिहरु बनाउने काम सम्पन्न भएको छ । ”

त्यसै गरी बाटोको क्षेत्रमा वडामा रहेको बाटोको स्तरउन्नति गर्दै नयाँ बाटोको ट्रयाक खोल्ने,ग्राभेल गर्ने, ढलान र कालोपत्रे गर्ने काम भईरहेको वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्ने र बालबिकास कक्षाको लागि खेलकुद सामाग्री र शैक्षिक सामाग्रीहरुको व्यवस्था गरेका छौं । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र विभिन्न स्वास्थ्य सामाग्रीहरुको ल्याउनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपांगहरुलाई लक्षित गर्दै जाडोको ज्याकेटहरु वितरण गरेको वडा अध्यक्ष मल्लले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु अचार बनाउने तालिमहरु सम्पन्न गरेका छौ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्नको लागि विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको, कृषि तालिमहरुको व्यवस्था गरेको र सिचाईको लागि बोरिङको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

त्यस्तै यस वडामा विद्युतको पहुँचबाट निकै पछि परेको र विद्युतको लागि बजेट विनियोजन गरेको तर विद्युत प्राधिकरणले कुनै चासो नराखेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

वडा अध्यक्ष मधुकर मल्लले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon