Share Icon

२७ फागुन ,काठमाडाैं ।  नेपाल प्रहरी चौकी धुपूको आयोजना र समापोखरी गाउपालिका वडा नम्बर १ को संयोजनमा आत्महत्या न्युनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।

श्री जनज्योति मा.वि धुपूको प्रागंणमा किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शिक्षकसहित अविभावकहरुको सहभागितामा आत्माहत्या न्युनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमको संयोजन सभापोखरी गाउपालिका वडा नम्बर १ का वडाअध्यक्ष इश्वर पुलामी मगरले गर्नु भएको थियो । उक्त कार्यक्रममा श्री जनज्योति मा.विका शिक्षक डी.वी पराजुलिले आफ्नाे मनतव्य राख्नुभएकाे थियाे ।

त्यसैगरी प्रहरी चौकी धुपूका इन्चार्ज प्रहरी सहायक निरीक्षक अन्तविर राईले आत्महत्या गर्नु मुख्य कारण तनावलाई झेल्न नसकि आवेगमा आएर निर्णय लिनु रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’तनाव नै आत्महत्याकाे मुख्य उपाय हो।’

उहाँले थप्दै भन्नुभयाे,’यदि कसैले आत्महत्या न्युनीकरणको मुख्य कारण तनावलाई झेल्न नसकि आवेगमा आएर निर्णय लिनु हो, त्यसैले तनाव नगर्नु नै आत्महत्या न्युनीकरणको मुख्य उपाय हो।’

यदि कसैले आत्महत्या दुरुत्साहन गरे वा आत्महत्या गर्न बाध्य बनाएमा मुलुकी सहिता २०७४ को दफा १८५ काे उपदफा १ र २ बमोजिम ५ वर्षसम्म कैद र ५० हजारसम्म रुपैयाँसम्म जरिवाना हुने उहाँले बताउनुभयाे ।

वडा अध्यक्ष मगरले आत्महत्या न्युनीकरण गर्न सर्वप्रथम तनाव लिने जस्ता क्रियाकलाप नगर्नु नै रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘जिवन अमुल्य छ । यो अमुल्य जीवनमा आफ्नो मात्र नभएर आफ्नो परिवारको समाज र राष्ट्रकै भविष्य, समना पुरा गर्नु पर्ने हुन्छ ।

त्यसैले जीवन संघर्ष हो, संघर्षदेखि भागेर बाच्छु नमन भनेर विद्यार्थीहरुलाई बोल्न लगाइयो । र मन, मष्तिष्कलाई नियन्त्रण गर्न छाड्न हुन्न कुनै कारणबस मष्तिष्कलाई मनले नियन्त्रण राख्छ उ बेला अनेकौँ अप्रत्यासित र असाधारण घटना घट्ने गर्छ त्यसैले बाचेर मात्र जितिन्छ मरेर त केवल सबै चिज हारिन्छ गुमाइन्छ।’

अन्तमा जनज्योति माविका निमित्त प्रधानाध्यपक छत्रमणि ओझाले कार्यक्रम प्रभावकारी र समयसापेक्ष भई किशोर किशोरीहरु अत्यन्तै लाभान्वित भएको भन्दै वडा कार्यालय र प्रहरी चौकी धुपूलाई धन्यावाद दिनुभयो ।

उक्त विद्यालयकै शिक्षक गिरिराज पाेर्तेल आत्महत्या बढी अन्धो माया प्रेमका कारणले हुने गरेकाेले त्यसतर्फ किशोर, किशाेरीहरु सचेन हुन आवश्यक रहेकाे बताउनुभयाे ।

Facebook Comments Box

Share Icon