इटहरीमा ‘विराट सत्सङ्ग समारोह–२०८०’ हुँदै

Share Icon

१९ भदौ,काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले सुनसरीको इटहरीमा ’विराट सत्सङ्ग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं विश्वमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को प्रेरणा जागृत गराउने उद्देश्यले आगामी असोज १९ र २० गते दुईदिन आयोजना गर्न लागिएको सत्सङ्गमा सतपालजी महाराजले सम्बोधन गर्नुहुने उक्त समितिले जनाएको छ ।
देश तथा विदेशबाट लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता रहने उक्त समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माहरूद्वारा सत्सङ्ग प्रवचन एवं ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने समितिका अध्यक्ष जीवनराज गहतराजले जानकारी दिनुभयो ।
मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहने विभिन्न धार्मिक आस्था रहेका व्यक्तिहरूका लागि उक्त समारोह कोशेढुङ्गा साबित उल्लेख गर्दै उहाँले विज्ञान र प्रविधिको उपलब्धि तथा उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि त्यसले अनन्त शान्ति र आनन्द प्रदान गर्न सकेको छैन । त्यही आत्मिक शान्ति र आनन्दको अभावमा आजको मानिस आक्रान्त, भयभीत र अधुरो हुन बाध्य भएकाले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने र मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको खोजीमा रहनेहरूका लागि समारोह गन्तव्यस्थल बन्ने अपेक्षा गर्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.