समाज

कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

१७ मंसिर, काठमाडौं । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् । शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन् ।
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

१७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए । प्रवक्ता साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए । त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड…
Read More
भारतको विधानसभा चुनाव : ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि

भारतको विधानसभा चुनाव : ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि

१७ मंसिर, काठमाडौं । भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ । सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् । कुन प्रदेशको अवस्था कस्तो ? मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ । मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ ।…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Read More
अलपत्र घुमाउने पुलको काम पुनः थालियो

अलपत्र घुमाउने पुलको काम पुनः थालियो

१७ मङ्सिर, दमौली (तनहुँ) । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो । तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले भन्नुभयो, “विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन् । जतिसक्दो चाँडो सक्छौँ ।” केही समय अगाडि मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको थियो । उक्त ठाउँमा…
Read More
पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

१७ मङ्सिरबेनी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन् । पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताउनुभयो । “बेगखोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न…
Read More
रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

१७ मंसिर, काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ । २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा…
Read More
सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किए, भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किए, भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो

१७ मंसिर, जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको…
Read More
लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

१५ मङ्सिर,जनकपुरधाम। मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उहाँलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो । यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । उहाँलाई नगद रु १० हजारसहित सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा कदरपत्र तथा नगदसहित पुस्कार प्रदान…
Read More
थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

१५ मंसिर, काठमाडौं । काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२(०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका(८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । गाडी चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
Page 1 of 304
1 2 3 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.