समाज

कर्णालीको कहर : बैगुनी सरकार

कर्णालीको कहर : बैगुनी सरकार

१५ मंसिर, काठमाडाैँ ।  कर्णाली अभाव, असमानता र अन्यायको गहिरो चक्रमा फसेको छ। कर्णालीमा रहेका ठूला पार्टीका नेताहरू राज्यस्रोत वितरणमा रहेको विभेद विरुद्ध एकताबद्ध हुनुको सट्टा जनताको समय बर्बादी गर्न घरदैलो गरेको देखिन्छ। जनताको अगाडि फेरि के सपना देखाए होलान्, बडो आश्चर्य लाग्छ। सत्ता अभ्यासमा विभेद- सरकार गठनमा प्रायः छुटाइन्छ माथिल्लो कर्णालीलाई नेपालको सिंजा कुनै वेलाको वैभवशाली इतिहास भएको क्षेत्र हो। हो, त्यही वैभवशाली विशाल राज्यमा नेपाली भाषाको उत्पत्ति र विकास भयो। यही भूमिमा खसआर्यहरूले आफूलाई हुर्काउन, जोगाउन र क्षमता विस्तार गर्न पाए। त्यसैले त कहिलेकाहीं ब्राह्मण–क्षेत्री नेताहरूले आफ्नो पुर्ख्यौली थलो जुम्लाको सिंजा भन्न भ्याइहाल्छन्। यो वैभवशाली क्षेत्र नेपाल एकीकरण…
Read More
एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

१५ मङ्सिर, भादगाउँ । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो । क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा अध्ययन हुन लागेको केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । केन्द्रले सातवटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे आगामी सातादेखि अनुसन्धान गर्ने भएको छ । देशका एचआइभी एड्सको क्षेत्रमा धेरै…
Read More
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे । उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् । पहिलो : कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनुपर्ने…
Read More
ललितपुरको लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

ललितपुरको लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

१४ मंसिर, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका  ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

१३ मंसिर, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।
Read More
गैँडाको खागसहित ८ जना पक्राउ

गैँडाको खागसहित ८ जना पक्राउ

१४ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो । गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई…
Read More
भूकम्पपीडितको आँगनमा राजनीतिक दलका स्वयंसेवकको सक्रियता

भूकम्पपीडितको आँगनमा राजनीतिक दलका स्वयंसेवकको सक्रियता

रुकुम पश्चिम — गत कार्तिक १७ गते राति गएको भूकम्पका प्रभावित भएको रुकुम पश्चिम र जाजरकोटका पीडितहरुलाई सघाउन विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले सक्रियता बढाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलका विभिन्न जनवर्गीय संगठनहरू स्वयंसेवी रुपमा विभिन्न काममा परिचालित भएका छन् । एमालेले कुल १ हजार जना कार्यकर्तालाई २५/२५ जनाको ४० वटा समूह बनाएर पुनर्निर्माणमा खटिएको बताएको छ । एमाले केन्द्रीय सचिवालय कमिटीले गरेको निर्णयअनुसार गत मंसिर ३ गतेबाट 'पुनर्निर्माणका लागी श्रमदान’ अभियान लिएर स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालन भइरहेको अभियानका संयोजक तथा एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । 'हाम्रो टोली दुई वटा क्षेत्रमा सक्रिय छ । पहिलो भग्नावशेष व्यवस्थापन,…
Read More
पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी…
Read More
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

१४ मङ्सिर, ढोरपाटन (बागलुङ) । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाउनुभएको छैन । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहनुभएको हो । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडानै रु दुई हजार दुई सय लाग्छ । चार दिनसम्म उहाँहरुले गाडी भाडा मात्रै रु आठ हजार आठ सय खर्च गरिसक्नुभयो । खाना र खाजामा रु चार हजारभन्दा बढी खर्च भयो । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनुपर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय…
Read More
अन्तर्वार्ता : सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ

अन्तर्वार्ता : सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ

१४ मङ्सिर,काठमाडौँ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाउनुभएको छ । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँ बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहनुभएको छ । प्रस्तुत छ, प्रदेश संरचना, भइरहेका अभ्यास, अधिकार हस्तान्तरण, कानुनी जटिलता, जनताका माग, पार्टी एकीकरण र राज्यका प्राथमिकतालगायत समसामयिक विषयमा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवं प्रदेशमन्त्री श्रेष्ठसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः मुलुकमा गएको आठ वर्षमा सङ्घीयता कार्यान्वयनमा भएको अभ्यासलाई यहाँले…
Read More
Page 3 of 304
1 2 3 4 5 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.