समाज

मिस नेपाल शृंखला र कान्तिपुर पब्लिकेसनका एमडी सम्भव बिहे गर्दै

मिस नेपाल शृंखला र कान्तिपुर पब्लिकेसनका एमडी सम्भव बिहे गर्दै

मिस नेपाल-२०१८ शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्दैछन्। उनीहरूले मंसिर २८ गरे विवाह गर्न लागेका हुन्। असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन‍्। शृंखला सन् २०१८ मिस नेपाल वर्ल्डकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्। 'मंसिर २८ गते विवाहको लगन जुरेको छ,' शृंखलाका बुवा विरोध खतिवडाले सेतोपाटीसँग भने, 'सम्भव सिरोहियासँग विवाह हुन लागेको हो।' केही महिनाअघि सम्भव कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्।
Read More
ओमानमा अलपत्र युवतीको उद्धार

ओमानमा अलपत्र युवतीको उद्धार

१४ मङसिर,झापा। वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उहाँलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो । ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पु¥याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक…
Read More
बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

१४ मंसिर, काठमाडाैँ । सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे  विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्। उनीहरू १ वर्षीय  बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए।…
Read More
कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

टेकराज पोखरेल १४ मङ्सिर,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो । रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गर्नुभयो । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उहाँले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो । “दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद…
Read More
विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ५ प्रतिशत

विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ५ प्रतिशत

१४ मंसिर, काठमाडौं। मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५ प्रतिशत योगदान दिइरहेको एक अध्ययनले देखाएको छ । मोबाइल इकोनोमी रिपोर्ट २०२३ अनुसार मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५.२ ट्रिलियन डलर योगदान गरेको छ । यो विश्वको कुल जीडीपीको ५ प्रतिशत हो । यो प्रविधिले एसिया क्षेत्रको जीडीपीमा पनि करिब ५ प्रतिशत नै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । यो दशकको अन्तिमसम्ममा यसले एसियाको जीडीपीमा १ ट्रिलियन डलरको योगदान गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । विश्वमा फाइभजी प्रविधिको विस्तार तीव्र रुपमा भएको र यसले सन् २०२२ मा विश्‍वभर २ करोड ८० लाख रोजगारी सृजना गरेको रिपोर्टमा उल्लेख गरिएको छ । फाइभजी हाल विश्वभर…
Read More
भूकम्प पीडितलाई एकमुष्ट ५० हजार रुपैयाँ दिनुपर्छ : गगन थापा

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार रुपैयाँ दिनुपर्छ : गगन थापा

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ । भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भएको उनले जानकारी दिए । पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटको जानकारी दिए । रकम दुरुपयोग हुने भय सरकारलाई भएको भए त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न…
Read More
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

१४ मङ्सिर,चितवन। चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउनुहुन्छ । उहाँले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताउनुभयो । बोहराले भन्नुभयो, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।” बोहोराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्कनुभएका ३३ वर्षीय…
Read More
सांसदसँग रासस : ‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

सांसदसँग रासस : ‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

कालिका खड्का १४ मङ्सिर,काठमाडौँ। राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उहाँको ठम्याइ छ । “तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई…
Read More
बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

१४ मङ्सिर,वीरगञ्ज। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि नीजि विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षकले बताएका छन् । महानगरपालिकाको पहलमा वीरगञ्जस्थित त्रिजुद्ध महाविरप्रसाद रघुवीर राम प्रविधिक मावि, माईस्थान मावि, नरसिंह मावि र सिद्धार्थ माविले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । “केही…
Read More
एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

१४ मंसिर, काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष…
Read More
Page 4 of 304
1 2 3 4 5 6 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.