समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष यादव
हस्ता विष्ट २१ चैत्र, काठमाडाैँ । मधेश प्रदेश बारा जिल्लामा अवस्थित आर्दश कोटवाल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शशिभुषण प्रियदर्शी यादवले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । आर्दश कोटवाल गाउँपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष शशिभुषण प्रियदर्शी यादव । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष यादव अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष यादव भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र…
