स्रोत साधनले भ्याएसम्म वडाको समग्र विकासमा लागी परेको छु: अध्यक्ष गौतम
२४ माघ, काठमाडाैं। तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक मोहम्मदपुर गा.बि.स र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो । यो नगरपालिका लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पर्दछ् । गुलरिया नगरपालिका ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ४ का अध्यक्ष गौतमले बताउनुभयोे । सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या…
