स्रोत साधनले भ्याएसम्म वडाको समग्र विकासमा लागी परेको छु: अध्यक्ष गौतम

Share Icon

२४ माघ, काठमाडाैं।  तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक मोहम्मदपुर गा.बि.स र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो । यो नगरपालिका लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पर्दछ् ।

गुलरिया नगरपालिका ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ४ का अध्यक्ष गौतमले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष गौतमले जानकारी दिनुभयाे।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।

हिजो पनि समाज परिर्वतनका लागी केही गर्न पर्छ भनेर समाज सेवामा उत्साहाका साथ लागेको थिए । स्थानिय चुनावमा वडामा वाडाबासिले मलाई बिश्वास गरेर मलाई निर्वाचित गराई सकेपछि म मा थप हौसला बढेको छ । मेरो कार्यकालमा समग्र वडाको विकास निर्माण गरेर नमुना वडा बनाउन निरन्तर लागी रहेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.