पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष अधिकारी
१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा कुमार बहादुर अधिकारी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ, कुमार बहादुर अधिकारी हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । अध्यक्ष अधिकारीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ…
