सुकुम्बासी बस्ति हुनु नै वडाकाे पिडा हाे : अध्यक्ष पाण्डे
२ फागुन, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवस्थित छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ । बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण…
