स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष मल्ल
१७, जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा…
