वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी
हस्ता विष्ट २४वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पवन काजी अधिकारीले…
