चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष गुरुङ
♣ध्रुब कार्की ११ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको ज्वालामूखी गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । ज्वालामूखी गाउँपालिका स्थित वडा नम्बर ४ का कृष्ण बहादुर गुरुङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ । वडा अध्यक्ष गुरुङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका कामहरु पनि…
