Share Icon

♣ध्रुब कार्की 

११ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको ज्वालामूखी गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् ।

ज्वालामूखी गाउँपालिका स्थित वडा नम्बर ४ का कृष्ण बहादुर गुरुङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका कामहरु पनि सम्पन्न गरेकोले फेरी म उहाँहरुको मन मुटुमा बसेर पुनः स्थानिय तहको निर्वाचनमा निर्वाचित हुन सफल भएको छु ।”

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

पछिल्लो समय ज्वालामूखी गाउँपालिका स्थीत वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले अघिल्लो कार्यकालमा अधुरा रहेका खानेपानीका कामहरुलाई पुरा गर्ने कामहरु भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालय तथा खेलकुदहरुमा आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन र खेलकुदका कामहरु गर्ने हामी लागी परीरहेका छौँ ।”

त्यसैगरुी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर तथा प्रभावकारी बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “वडामा युवा, महिला तथा लक्षीत वर्गहरुलाई लक्षीत गरी गाउँपालिका मार्फत कार्यक्रमहरु भइरहेको छ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई व्यवसायीक तालिमहरु प्रदान गरेर तरकारीको पकेट क्षेत्र बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले वडामा रहेका सडकहरुलाई अध्ययन गरेर जिर्ण भएका मर्मत सँगै सडकहरुलाई ग्राबेल गर्ने तथा स्तर उन्नती गर्ने काम योजनाअनुसार भइरहेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई सुन्दर समृद्धि नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढीरहेको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon