राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा माटो परीक्षण शिविर सम्पन्न
उमेश दालामी
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरमा एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ ।
वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले माटो परीक्षण शिविरमार्फत राप्ती सोनारी वडा नम्बर २ का १ सय ९७ जनाले सेवा लिएका छन्।
१ सय ९७ जना मध्ये १ सय ९५ जनाले धान रोप्न र २ जनाले फलफुल रोप्न माटा परीक्षण गराएकाे उहाँले बताउनु भयाे ।
खाद्य बालीको उत्पादन र माटोको अवस्था थाहा पाउनका लागि राप्ती सोनारी २ वडाका विभिन्न ठाउँबाट माटोको नमुना संकलन गरिएको थियो ।
माटो परीक्षण शिविरको आयोजक लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि बिकास निर्देशनालय कृषि ज्ञान केन्द्ध बाँकेले गरेको थियो ।
माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको छ।







