Share Icon

१८ जेठ, काठमाडौँ ।  नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो ।

डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ।

अमरगढी नगरपालिका स्थापना साल देखि संस्थापक वडा अध्यक्षको भुमीका समेत निर्वाहा गर्नुभएका जगत बहादुर महर विभिन्न संघसंस्थामा आबद्ध भएर लामो समय वडाका गतिबिधिहरुलाई निरन्तर रुपमा अगाडि बढाई रहनुभएकाे थियाे । समाज सेवामा लाग्नुभएका जगत बहादुर महर २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा सहभागी भएर ७ मतले पराजित हनुभएको थियो ।

 महर त्यस यता अहोरात्र दिन, रात नभनि स्थानिएका पिर मर्का वडाका विकास निर्माणका गतिबिधिमा सहभागी भएर काम गर्नुभयो फलस्वरुप २०७९ सालको स्थानिय तहको चुनावमा स्थानियबासिले मन र मत दुवै दिएर अमरगढी नगरपालिका वडा नम्बर ९ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

चालु आर्थिक वर्षको बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेको बाँकी वडाका काम तिब्र गतिमा हुदै छन् वडा अध्यक्ष महरले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष महरले भन्नुभयो, ‘शिक्षा,स्वास्थ्य, कृषि बाटोघाटा, , तथा खानेपानी, जनचेताना, लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्नुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडाको नम्बर ९ को मुख्य समस्या खानेपानि, सडक लगायतका विषयमा हामी निरन्तर पहलमा छौ । प्रदेशमा बारम्बार वडाका समस्या तथा विकास निर्माणका गतिबिधिहरुको अवगत प्रदेशमा राखेका छौ । सम्बोधन हुने आशामा रहेको वडा अध्यक्ष महरले बताउनुभयो।

वडा अध्यक्ष महरले थप्दै भन्नुभयो, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।हाम्रो वडामा मुख्य समस्या भनेको खानेपानिको तथा सडक रहेको छ ।’

उहाँले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं।’

जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने  वडा अध्यक्ष महरले बताउनुभयो ।

वडा अध्यक्ष महरले भन्नुभयाे, ‘वडामा पारिवारीक वतावरण रहेको छ स्थानियहरुलाई तपाईहरुको वडा खबर डट।कम मार्फत पनि भन्न चाहे केही समस्या परेमा मिसकल दिनुहाला म कल गर्छु स्थानियको घर दैलो तथा वडामा ११ वटा टोल रहेको छ । म हप्ताको २ पटक स्थानियको घरदैलोमा पुगेको हुन्छ समस्या सहजै राख्नुहुन्छ समाधान तथा विकास निर्माणमा लागेका छौ ।’

वडा नं. ९ द्धारा संचालन गरिएको दुई महिने ड्राईभिङ तालीम समापन अमरगढी वडा नं.९ को लक्षीतवर्ग कार्यक्रम अन्तर्गतका ३ वटा तालिमको एकै साथ उदघाटन समेत गरेको सिलाई कटाई र कम्प्युटर तालीम ३/३ महिने र ड्राईभर  दुई महिने तालिम प्रदान गरेको वडा सचिव भिम बहादुर साँकीले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुतिभयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

वडामा २५ लाख बजेट चालु अर्थिक वर्ष २०७९/८० काे रहेकाे साथै यसमध्य धेरै बजेट विनियाेज भएकाे शिर्षक  भाैतिक पुर्वाधारमा गरेकाे वडा सचिव भिम बहादुर साँकीले जानकारी दिनुभयाे ।

अमरगढी न.पा. वडा नं. ९  ले संचालन गरिएको दुई महिने ड्राईभिङ तालीमकाे तस्बिर

अमरगढी न.पा. वडा नं. ९ले  संचालन गरिएको Housewiring Training तालिमकाे तस्बिर

अमरगढी न.पा. वडा नं. ९ ले वितरण  गरिएको Water Filter कार्यक्रमकाे तस्बिर

Facebook Comments Box

Share Icon