बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ
२५ पाैष, काठमाडाैं । थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य(पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने बर्दिया, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो।
यो जातिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता पनि दिएको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो।
भाषा संस्कृतिका धनी यो जाती परम्परागतरूपमा परापूर्वकालदेखि आफ्नै समाज र परिवेशमा रमाउने तथा मनोरञ्जन गर्ने गर्दछ।
थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो, थारुको प्रमुख पर्वहरु माघी, जितिया, दशैँ, सोहराई, हरेरी पुजा, यम्वासा, पुुस पन्ध्र, खिचरा, होरी, सिरुवा, गुरही आदि पर्वहरु धुमधाम सँग मनाउने गर्दछन।
यिनीहरूका सामूहिक देवता, बरदमु र भूइहारु हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ । यिनीहरूको मुख्य चाड, माघी हो, नयाँ वर्षका रूपमा लिने समेत मनाउने गर्छन । जुन माघ महिनाको दिन १ गते मनाइन्छ ।
थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ । पश्चिमा प्रभाव बढीरहेका बेला बर्दिया राजापुरका युवा ठाकुर कुमार चाैधरी भने निरन्तर रूपमा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् । उहाँले वडामा वडा सदस्य रहेर पनि स्थानियकाे सेवामा विगतका दिनमा थुप्रै कामहरू गर्नुुभयाे ।
यहि पाैष २८ गते देखि ८ गतेसम्म बर्दिया राजापुरमा महाेत्सवकाे हुने भएकाे छ । बर्दिया राजापुर महाेत्सवमा विगत ३ वर्ष देखी थारु गाउँ संयोजकका भुमीका निर्वाह गर्दै अाएका ठाकुर कुमार चाैधरी पुन याे सालमा पनि थारु गाउँ व्यवस्थापन गर्नका साथै थारू गाउँ महाेत्सवमा छुटै राैनक देखाउन लागि परेका छन ।
बर्दिया राजापुर महाेत्सवमा थारू गाउँ सहभागी हुुन तयारी अवस्थामा लागिरहनु भएकाे छ । ठाकुर कुमार चाैधरी स्टल बुकिङ खुला समेत गरेकाे उहाँले जानकारी दिनुुभयाे । थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सदैब ठाकुर लागिरहनुभएकाे छ ।
थारू गाँउमा मनोरञ्जन मात्र नभएर थारु समुदाय भित्र रहेको धार्मिक, सांस्कृतिक, कला र परम्पराहरुको संरक्षण गर्नका लागी पनि यो गाउँ महाेत्सवमा स्थापित गरीएको ठाकुर कुमार चाैधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जुन सुकै जातजातीहरुले आफ्नो कला, परम्परा संस्कृती थारु गाउँमा आएर देखाउने व्यबस्था समेत गरेकाे छाैं।’ राम्राे प्रतिभा भएकालाई उचित सम्मान गर्ने समेत चाैधरीले बताउनुभयाे ।
स्थानिय कलाकारहरुको लागी थारु गाउँ एकदमै स्पेसल ठाउँ रहेकाे तथा महाेत्सवमा हर्ने अाउनेले एक पटक थारू गाउँमा पनि अवश्य अाउन अाग्रह गर्दै हामी पनि हाम्राे परम्परा संस्कृती सम्पुण जात जाति माझ देखाउन अातुर छाैं । बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ भनेर उल्लेख गर्नुभयाे ।







