राजापुर नगरपालिका

१५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण

१५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण

३ जेठ ,काठमाडाैं ।  बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ४ मा १५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । वडा अध्यक्ष विदुर पाेख्रेलले स्कुल ड्रेस, ब्याग, कपी र कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएकाे बताउनु भयाे । उहाँका अनुसार प्रत्येक वर्ष बादी समुदायका बालबालिकालाई दिँदै आएको छात्रवृति स्वरूप उक्त शैक्षिक सामाग्री वितरण गरिएकाे हाे।
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

२५ बैशाख ,काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न भएकाे छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुकाे प्रमुख आतिथ्यमा भैंसी पालन सीप विकास पाँच दिने तालिम सम्पन्न भएकाे हाे। वडा अध्यक्ष असराज न्याैपानेले प्रत्यक्ष आयआर्जन गर्ने खालका रोजगारीमा जाेड्नकाे लागि वडावासीलाई भैंसी पालन सीप विकास तालिम दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,'दूध, दहि र ध्युमा आत्म निर्भर वडा बनाउने उद्देश्यले तालिम दिइएकाे हाे।' नगरपालिकाका प्रमुख थारुले सीप मुलक तालिम अहिलेको मुख्य आवश्यता रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'कृर्षि क्रान्ति बिना नगरको आर्थिक उन्नति हुन सक्दैन, त्यसैले कृषिसँग सम्बन्धित सीप सिक्न जरुरी…
Read More
राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

♦उमेश दलमी १२ बैशाख ,बाँके  । बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको हो। राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिएका हुन । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ। राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको हो। प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताएका हुन् ।
Read More
राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

१० बैशाख, काठमाडाैं । राजापुर नगरपालिकाले खेलाडीहरुलाई पाेसाक वितरण गरेकाे छ । नगरपालिकाका नगर प्रमुख आदरणीय दिपेश थारुले खेलाडीहरुलाई ९५ वटा खेल पोसाक वितरण गर्नुभएकाे हाे । पोसाक हस्तान्तरण गर्दै नगर प्रमुख थारुले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउँदै नगरपालिकाले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएर काम गर्ने बताउनुभयाे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुन मगरको उपस्थितिमा नगर प्रमुख थारुले खेल पोसाक हस्तान्तरण गर्नुभएको हाे। साथै नगरप्रमुख थारुले प्रदेश खेलकुदका लागि लुम्बिनी प्रदेश जाँदै गरेका सम्पुर्ण खेलाडीहरुलाई जितको अग्रिम शुभकामना पनि दिनुभयाे ।
Read More
सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

३ चैत्र ,काठमाडौं।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । धेरैजसो वडाका सक्रियाताका साथ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लागिपरेका छन् । तर अझै पनि केही वडाहरुले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन्। नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसकेको छ । गाउँ–गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा राजापुर…
Read More
सडक नास्ता पसल बाट मनग्ये आम्दानी

सडक नास्ता पसल बाट मनग्ये आम्दानी

◊ सागर परियार  बर्दिया राजापुर ।  बर्दिया राजापुर नगरपालिकामा सडक नास्ता पसल बाट महिलाहरुले मनग्ये आम्दानी गरिरहनुभएकाे छन । राजापुर नगरपालिका तर्फ बाट कैलाली जाने कर्णाली नदिको बीचमा पर्ने लठवा बनको बिचमा सडक को दायाँबायाँ तर्फ नास्ता पसल राखेर त्यहाका स्थानीय महिलाहरुले मनग्ये आम्दानी गर्दै छन । नास्ता पसल व्यवसाय गर्दै आएकी सुनिता थारुका अनुसार आफुहरुले यहाँ  नास्ता पसल संचालित गरेको कम्तिमा पनि २ बर्षभन्दा धेरै नै भएको बताउदै सुरुमा आफुहरुले यो नास्ता पसल संचालित गर्दा १र२ जना मात्रले गरेका बदाउदै उहाँले थप्दै भन्नुभयाे, ' पसल संचालन गर्न भन्दा पहिले घरमा धेरै समस्या रहेका थियाे ।  अहिले अथिक समस्या छैन…
Read More
कार्यक्रम जनता सगँ जनप्रतिनिधि

कार्यक्रम जनता सगँ जनप्रतिनिधि

सागर परियार बर्दिया राजापुर ।   बर्दियाको राजापुरमा रहेको रेडियो साथी एफएमले जनतासँग जनप्रतिनिधि रेडियो संवाद कार्यक्रम सुरु गरेको छ । राजापुर नगरपालिकको वडा नं ८ का विभिन्न टोलमा जनप्रतिनिधिहरुलाई विकास निर्माणका कुरामा प्रत्यक्ष सहभागि र जवाफदेही बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । राजापुर नगरपालिकाको वडा नं ८ मा कार्यक्रम गरिरहदाँ विकास निर्माणमा स्थानीयवासीले समेत विशेष चाँसो दिनु पर्ने र यस्ता कार्याक्रमहरु निरन्तर हुनु पर्ने धारणाा राखेका थिए । कार्यक्रममा का प्रमुख अथिति वडा न ८ का वडा अध्यक्ष राजेश थारुका अनुुसार यो सम्वाद कार्यक्रमले जनताले राखेका समस्या गर्दा भोलि आफुले वडाको बार्षिक कार्यक्रम बनाउदा ति कमिकम्जोरीलाई सुधार गर्ने…
Read More
राजापुर बजार क्षेत्रकाे सरसफाई अभियानमा जुटे वडा अध्यक्ष पाेखरेल

राजापुर बजार क्षेत्रकाे सरसफाई अभियानमा जुटे वडा अध्यक्ष पाेखरेल

सागर परियार १९ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका वडा नं. ४ को मुख्य क्षेत्र राजापुर बजारमा राजापुर नगरपालिकाको आर्थिक सहयोगमा सरसफाई अभियान सञ्चालन गरिएको छ । राजापुर बजारभित्र रहेका नाला, बजार र सरकारी भवन परिसरभित्र विभिन्न प्लाष्टिक कुहिने तथा नकुहिने फोहोर जथाभावी व्यापारी तथा ग्राहकहरुले फाल्ने गरेकाले बजार फोहोर देखिने गरेको राजापुर नगरपालिका वडा नं. ४ का अध्यक्ष बिदुर पोखरेल बताउनु भएको छ । कसरी हुन्छ, राजापुर बजारलाई स्वच्छ सफा तथा सुन्दर बजार बनाउने बताउँदै उहाँले राजापुर नगरपालिकाको आर्थिक सहयोगमा बजार सरसफाई समितिसगँ सहकार्य गरी बजार सरसफाई गरेकोमा धन्यावाद दिनुभयाे । बजार व्यस्थापन समितिका सचिव विश्वमान प्रधानका अनुसार फोहोर…
Read More
राजापुरमा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद  सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न

राजापुरमा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न

◊सागर परियार बर्दिया राजापुर।  बर्दिया राजापुर नगरपालिका वडा न ४ मा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिकाको आयोजना मा संचालक गरिएको कार्यक्रममा बोल्दै वडा बिदुर पोखरेल ले बालबालिका का भन्नेका भोलि का कर्णदार हुन उनी हरुबाट नै एउटा असल सभ्य समाजको कल्पना गर्न सक्ने बताउदै समुदाय मा कुनै किसिमको बिपद पर्दा त्यसको खबर पनि आजभोली का बालबालिकाले सामाजिक संजाल बाट खबर पुगाउन योगदान गर्ने बताउदै हाम्रो नगरपालिका का मा अझपनि ४७ बालबिबाह भैरहेको छ आफुले सो कार्यलाइ कम गराउन आफ्ना वडामा रहेका रहेक टोल मा त्यस सम्बन्धि सचेतानामुलक कार्यक्रम संचालित…
Read More
राजापुर नगरपालिका वडा नम्बर ४ मा चार कोठे भवन शिलन्यास

राजापुर नगरपालिका वडा नम्बर ४ मा चार कोठे भवन शिलन्यास

 ♥सागर परियार १४ फागुन, राजापुर  । अमर सहिद श्रीदशरथ चन्द माध्यामिक बिद्यालय राजापुरमा निर्माण गरिन लागेको ४ कोठे भवनको आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले भवनको शिलान्यास गर्नु भएको छ । कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख दिपेश थारु का अनुसार आफु निर्वाचन भए लगतै ७५३ पालिका मध्यमा सबै भन्दा धेरै शिक्षामा बजेट बिनियोजन गर्ने आफनो पालिका रहेको , बालबिकास देखि कक्षा १२ सम्म निशुल्क गरेको बिद्यार्थी का अभिभावकका अनुसार नै कार्यक्रम सचालन गरेको पहिलो बर्ष हुदा केहि कठिनाई समेत रहेको सामान्य परिवारका बालबालिका लाई शिक्षामा कुनै किसिको कठिनाई हुनु हुदैन् । शिक्षा एउटा महत्व…
Read More
Page 1 of 4
1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.