Share Icon

◊ सागर परियार 

बर्दिया राजापुर ।  बर्दिया राजापुर नगरपालिकामा सडक नास्ता पसल बाट महिलाहरुले मनग्ये आम्दानी गरिरहनुभएकाे छन । राजापुर नगरपालिका तर्फ बाट कैलाली जाने कर्णाली नदिको बीचमा पर्ने लठवा बनको बिचमा सडक को दायाँबायाँ तर्फ नास्ता पसल राखेर त्यहाका स्थानीय महिलाहरुले मनग्ये आम्दानी गर्दै छन ।

नास्ता पसल व्यवसाय गर्दै आएकी सुनिता थारुका अनुसार आफुहरुले यहाँ  नास्ता पसल संचालित गरेको कम्तिमा पनि २ बर्षभन्दा धेरै नै भएको बताउदै सुरुमा आफुहरुले यो नास्ता पसल संचालित गर्दा १र२ जना मात्रले गरेका बदाउदै उहाँले थप्दै भन्नुभयाे, ‘ पसल संचालन गर्न भन्दा पहिले घरमा धेरै समस्या रहेका थियाे ।

 अहिले अथिक समस्या छैन । अहिले म मात्र हैन  १० ,१२ जनाले यहि सडकमै पसल गरेर जिवन निर्वाह गरिरहेका छन् ।

त्यसैगरी सोही बजारकी व्यवसायीक बसन्ती थारुका अनुसार हामिले यो ठाउँ मा बिहान ७ बजे देखि साझ ६:३० सम्म सचालन गर्ने गरेका छौ जाडोको समयमा दिनमा कम्तिमा पनि ६ हजार देखि १० हजार सम्म आम्दानी हुने तर हिजो आज दिनमा मा कम्तिमा पनि ५ हजार

सम्म दैनिकी आम्दानी हुने बताउदै आफुहरुले समुदाय वनलाइ आफुहरु सग केही शुल्क लिन चाहेमा हामिले दिने हो तर उहाँहरुले त्यसो कुनै अहिले सम्म शुल्क नलिने बताएउदै यस बजारमा हामिलाइ धारा को धेरै नै आवश्यक भएको पानी हामी आफै घरबाट लिएर आउनु पर्ने

बाध्यता रहेको छ । घरबाट ल्याएको पानी सकिन्दा यहाँ बाट केही टाढा मस्जिद रहेको छ र सोही ठाउँ बाट पानी ल्याउदा निकै नै गाह्रो हुने बताउनु भएको छ ।

सो ठाउँ मा नास्ता पसल सन्चालन गर्दै आएका महिलाहरुका अनुसार यस वन समुदायका अध्यक्ष मोतिराम चौधरीका अनुसार आफुले कुनै शुल्क पनि नलिने र यहाँ यसरी पसल  संचालित गर्न नदिने बताउनु भएको छ अब आउने बैशाख सम्म मात्र गर्ने दिने र त्यस पछि यहाँ कुनै किसिमको पसल गर्न नदिने बताउनु भएको छ भन्दै गुनासो गर्नुभयाे ।

Facebook Comments Box

Share Icon