कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ
२५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष प्रेम गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । शहिदलखन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रेम गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा पहिलो काम गरेको भनेको वडामा दिईने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । वडामा टोल विकास समिति मार्फत कामहरू गरिरहेका छौ । ”
त्यस्तै गरी खानेपानीको क्षेत्रमा खानेपानीको टयाङकी निमार्ण गरेर वडाबासीहरुको घरघरमा धारा पुराउने लक्ष्यका साथ काम गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
त्यस्तै यो वडामा वडाको भवन नभएकोले अहिले भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । विद्युतको क्षेत्रमा बत्तिको पोलको मर्मत सम्भार गर्ने योजनामा राखेका छौ ।
उहाँले भन्नुभयो, ” वडामा रहेको स्वास्थ्य चौकी हामीले विदाको दिन पनि खोलेर वडाबासीहरुलाई स्वास्थ्य सेवाहरु उपलब्ध गरिरहेका छौ । ”
शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा कायम गर्नको लागि वडाको विशेष पहलबाट एस.ई.ई दिने विद्यार्थीको लागि विद्यालयमा होस्टेलको व्यवस्था गरेर निशुल्क कोचिङ कक्षाहरु सञ्चालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
कृषिलाई जोड दिदै विउँ विजन वितरण गरेको ,उत्कृष्ट कृषकलाई प्रोत्साहन गरेको,हाते टयाक्टरहरु वितरण गरेको र साथसाथै कृषि फर्म खोल्ने योजनामा राखेका छौ ।
अध्यक्ष गुरुङले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको बताउनुभयो ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







